कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

देश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ ।

शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उहाँले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुभयो । “आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पु¥याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताउनुभएको छ ।

संयोजक दाहालले चाडपर्वले सबैमा आशा र आत्मबलको नयाँ ऊर्जा जगाई राष्ट्रिय एकता र अग्रगमनका पक्षमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार