श्रावण ११, २०८३ सोमबार July 27, 2026

गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन

गायिका नितु पौडेलले उपचारका क्रममा गुमाइन् ज्यान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले जानकारी दिएअनुसार कीर्तिपुर बर्न अस्पतालमा आज बिहान ८ः२० बजे उनको निधन भएको हो ।

गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन् । सो घटनापछि गम्भीर रुपमा घाइते भएकी उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौडेलले १२ दिनअघि आफ्नो फेसबुक पेजमा एक निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?” पौडेलका निधनप्रति संगीत क्षेत्रका सहकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार