चैत्र २८, २०८२ शनिबार April 11, 2026

जुवातास खेल्दै गरेका २४ जना पक्राउ

पक्राउ परेकामध्ये अधिकांश गोलन्जोर गाउँपालिकाका स्थानीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा जुवातास खेल्दै गरेका २४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गत इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय कल्याण कार्कीको घरको तेस्रो तल्लामा चलिरहेको जुवातास खेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट ३ लाख ८९ हजार १६१ रुपैयाँ नगदसहित जुवा खेलमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये अधिकांश गोलन्जोर गाउँपालिकाका स्थानीय रहेका छन् ।

पक्राउ पर्नेहरूमा गोलन्जोर गाउँपालिका–२ का ढालबहादुर कार्की, शिवकुमार कार्की, वडा नम्बर ३ का भरत थापा, राजु थापा, प्रज्वल कार्की, रविन श्रेष्ठ, मनोज पोखरेल, ओमकुमार कार्की, भरतबहादुर बयलकोटी, इन्द्रबहादुर पुर्वाछाने मगर, आलोक बराल (एलिस), अभिषेक थापा, मिनबहादुर थापा, वडा नम्बर ४ का तपन पौडेल, वडा नम्बर ६ का बिराज श्रेष्ठ, राजकुमार श्रेष्ठ, वडा नम्बर ७ का दलबहादुर देवकोटा र वडा नम्बर ३ का रमेश बयलकोटी रहेका छन् ।

यस्तै, कमलामाई नगरपालिका-१२ का देवबहादुर खपाङ्गी, रामेछाप मन्थली नगरपालिका-६ का चन्द्रबहादुर माझी रामेछाप नगरपालिका-१ का नविन राई, ओखलढुंगा सुनकोशी गाउँपालिका-७ का सुशील सुनुवार, घरधनी कल्याण कार्की तथा उनका नातेदार इन्द्रबहादुर कार्की (कृष्ण) समेत पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले घटनाबारे थप विवरण संकलन गर्दै कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।

सिन्धुली प्रहरीले अवैध जुवातास नियन्त्रणमा कडाइ गर्दै आएको छ । अवैध जुवातास खेल्ने गतिविधि बढ्दै गएपछि प्रहरीले निगरानी र छापामारी अभियानलाई तीव्र पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया