बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

रोहित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सहित प्रहरी फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, पोखरा महानगरपालिका-१९ गैरीखोला बस्ने ४४ वर्षीया बिना पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बिना समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २ सय ५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित पार्किङ गरिराखेको बा.५ ख ७३१५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा भक्तपुर दुवाकोट बस्ने काभ्रे घर भएका ३० वर्षीय महेश पन्त समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय कालुराम चौधरी समेत १० जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया