असोज २४, २०८३ शनिबार October 10, 2026

देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ

लागुऔषधसहित देशभरबाट ३१ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका-८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद रु ३० हजारसहित आठ र सुन्धाराबाट एक जना, सुनसरीको कोशी गाउँपालिका-१ भन्सार टोलबाट एक, एकललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक, उदयपुरको बेलका नगरपालिका-१ आम्बासीबाट गाँजा पाँच किलोग्रामसहित एक जनालाई पक्राउ गरिएको हो।

यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवाबाट एक,नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ टाँगिकोटबाट एक, झापाको दमक नगरपालिका-७ बाट चार, मोरङको कानेपोखरी गाउँपालिका-६ बरगाछी चोकबाट एक, भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट ट्रामाडोल एक हजार ६१० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद रु ६७ हजार ४०० सहित एक जनालाई नियन्त्रणमा लिइएको हो।

बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित सोही स्थानका रामनरेश कुर्मी, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक,कैलालीको टीकापुर नगरपालिका-१ बनगाउँबाट दुई जनालाई बिहीबार बेलुकी पक्राउ गरिएको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा
२०८३ असोज २४, शनिबार
देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
२०८३ असोज २४, शनिबार
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार