असोज २४, २०८३ शनिबार October 10, 2026

चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद

रु १३ लाख ३४ हजार ९४५ बराबरको सामग्री कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), २४ असोजः सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट रु १४ लाख ३६ हजार ६३५ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिनै दुई वटा ई–लोडरमा लोड गरी ल्याउँदै गरेका रु तीन लाख ३४ हजार ९४५ बराबरका कपडा, भाँडाकुँडा तथा किराना सामान बरामद गरेको गणका सूचना अधिकारी सुरज क्षेत्रीले जानकारी दिनुभयो ।

सामान ओसार्न प्रयोग गरिएका दुई वटा ई–लोडरको मूल्य रु १० लाख रहेको प्रहरीले जनाएको छ । बरामद सामान र ई–लोडर गरी रु १३ लाख ३४ हजार ९४५ बराबरको सामग्री कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु एक लाख एक हजार ६९० बराबरका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । ती सामान पनि कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार