भाद्र १०, २०८३ बुधबार August 26, 2026

कास्की कारागारबाट फरार १५७ कैदी पक्राउ

कास्की जिल्लाका विभिन्न प्रहरी युनिटले पक्राउ गरेको संख्या ८३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार कार्यालय, कास्कीबाट भागेका ८३ कैदी बन्दी पक्राउ परेका छन् ।

जिल्ला प्रहरीका अनुसार कास्की प्रहरीसहित अन्य प्रहरी कार्यालयले पक्राउ गरेका फरार कैदी बन्दीको संख्या जोड्दा १२१ पुगेको हो ।

कास्की जिल्लाका विभिन्न प्रहरी युनिटले पक्राउ गरेको संख्या ८३ हो । त्यसअन्तर्गत जबरजस्ती करणी मुद्दाका १७, लागू औषधका १,चोरीका २५ जना, कर्तव्य ज्यानका ८, ज्यान मार्ने उद्योगका ९ जना, अभद्र व्यवहारका ४, सवारी अंगभंगका १ र कुटपिटबाट अंगभंगका १ छन् ।

त्यसबाहेक तनहुँबाट २६, स्याङ्जाबाट ३ जना, गोरखाबाट ६, लम्जुङबाट २, म्याग्दीबाट १ जना छन् । कास्कीमा कैद भएर भागेपछि अन्यत्र कारागार कार्यालयमा गई हाजिर हुनेको संख्या ३६ रहेको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ संख्या जोड्दा १५७ जना पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया