काठमाडौँ: सरकारले बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने लगायतका विभिन्न निर्णय भएको जानकारी दिए ।
मन्त्री पोखरेलका अनुसार घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको मन्त्री पोखरेलले जानकारी दिए । त्यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि सरकारको निर्णय छ ।
सरकारले अहिले उद्धारका कामलाई प्राथमिकतामा राखेको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया