कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

नेपाली कांग्रेसद्वारा विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

जोशीको पार्थिव शरीरको आज महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अत्येष्टी गरिएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ कात्तिक । नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज शोक विज्ञप्तिमार्फत जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका थिए । उनी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएपछि त्यसयता उनको सकुशल रिहाइका लागि नेपाल सरकार, अन्तरराष्ट्रिय समुदाय र मानवअधिकारवादी सङ्घ–संस्थाले निरन्तर कुटनीतिक पहल गर्दै आएको थियो । उनका परिवारले समेत सक्रिय प्रयास जारी राखेको थियो ।

जोशीको पार्थिव शरीरको आज महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अत्येष्टी गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार