कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आजपूजा गरी मीठामीठा खानेकुरा खान दिइएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ कात्तिक । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजाआजा गर्ने गरिएको छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

भगवान् विष्णुको आज्ञाअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउ शिर रे भनी देउसी खेल्ने परम्पराको सुरुआत गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्त्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनका रूपमा समेत पूजिने गोरु ९साँढे० लाई आज पूजा गरी मीठामीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । यसैगरी गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हलतिहार पनि भनिन्छ ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आजपूजा गरी मीठामीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिक रूपमा अर्थ दिने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । यसले वैदिक दर्शनको महत्वलाई स्थापित गर्ने उनको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार