कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र अस्वीकार्यः मुख्यमन्त्री बानियाँ

गलत कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, ५ कात्तिक: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले गलत कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले ‘जेनजी’ प्रदर्शनबाट अब पाठ सिकेर राजनीतिक दलहरू सुध्रेर अगाडि बढ्नुपर्ने र जनताले पठाएका प्रतिनिधिले ठिक ढङ्गले काम गरे कसैसँग डराउनु पर्ने अवस्था नआउने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन अनियमितताविरुद्धको आवाज र भ्रष्टाचारविरुद्धको आक्रोस थियो । त्यसैले अब त्यस क्रममा सहादत प्राप्त गर्नेहरूलाई सम्मान गर्दै राजनीतिक दल र नेतृत्व सुध्रनु पर्छ ।”

मुख्यमन्त्री बानियाँले भविष्यमा यस्ता आन्दोलन नहुन दिन प्रत्येक वडादेखि केन्द्रसम्म रहेका सबै जनप्रतिनिधीहरू सुध्रेर जनपक्षीय काममा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठन परिचालनमा लाग्नुपर्ने धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार