रुकुमपश्चिम, कात्तिक ६ । नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दीपकराज खड्काको निधन भएको छ। मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका काठमाडौँस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।
पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनका अनुसार खड्काको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ।
मुसीकोट नगरकमिटी अध्यक्षसमेत रहेका खड्का सामाजिक सेवा र पर्यटन क्षेत्रमा सक्रिय व्यक्तित्व मानिन्थे। समाजसेवी, सरल स्वभावका र सकारात्मक सोच भएका खड्काको असामयिक निधनले जिल्ला शोकमा डुबेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया