काठमाडौँ । त्रिदेशीय महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ।
शुक्रबार भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा नेपालले आज पहिलो खेल खेल्दै छ भने इरानले यसअघि घरेलु टोली भारतलाई २–० ले पराजित गरिसकेको छ।
नेपाल र इरानबीचको यो दोस्रो भेट हो। सन् २०१९ मा भएको पहिलो भेटमा नेपालले इरानलाई ३–० ले हराएको थियो। यसपटक पनि जित निकाल्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रिने तयारीमा छ।
उक्त प्रतियोगितामा भारत, नेपाल र इरान सहभागी छन्। समूह चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया