भाद्र ११, २०८३ बिहिबार August 27, 2026

नेपाली महिला फुटबल टोलीलाई एन्फाद्वारा बिदाइ

नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिमसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दसैँ र तिहारकाबीचमा पनि सबै खेलाडीहरूले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरेका छन् ।

तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरूले राम्रो तयारी गरेको उनको भनाइ छ । त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टिम बनेको उनले बताए । उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फम्र्याट तयार गर्न आफूले काम गरेको उल्लेख गरेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताइन् ।

यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टिम मैदानमा उत्रने उनको भनाइ छ ।

नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
हिमालयन रिइन्स्योरेन्सकी सिइओ पौडेल पक्राउ
२०८३ भाद्र ११, बिहिबार
बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
२०८३ भाद्र ११, बिहिबार
एमाले सुदूरपश्चिमले बाढीपहिरो प्रभावितलाई एक लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी
२०८३ भाद्र ११, बिहिबार
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार