काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारको प्रक्रिया र जेन–जी आन्दोलनमा घाइते भएकाहरूको अवस्थाबारे व्यापक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा मेयर शाहले जेन–जी आन्दोलनका मागहरू पूरा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए। उनले आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचार र क्षतिपूर्तिको विषयलाई पनि सरकारको प्राथमिकतामा राख्न आग्रह गरे।
जवाफमा प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका उचित मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो सरकार सुशासन र जनउत्तरदायित्वमा केन्द्रित रहेको बताइन्। उनले उक्त आन्दोलनका मागहरूलाई निर्वाचन तथा सुशासन केन्द्रमा राखेर अध्ययन भइरहेको समेत जानकारी दिइन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया