असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकीमा नर्ससहित थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेशमा नर्ससहित थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६७ जना संक्रमण देखिएको हो । संक्रमित हुनेहहरुमा कास्कीमा ३१ जना,गोरखामा १८, तनहँमा ३ र नवलपरासी (ब.सु.पू.)मा १५ जना रहेका छन् । संक्रमण देखिएका सबै मानि कन्ट्र्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ वर्षका दुई जना महिला स्वास्थ्यकर्मी (स्टाफ नर्स) हुन्। त्यस्तै ३६ र २७ वर्षका दुई जना महिला सहयोगी कर्मचारी हुन् ।

त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष कोरोना देखिएको हो। संक्रमण पुष्टि भएका नवलपरासी (ब.सु.पू.), देबचुली-१२ का ४० वर्षीय पुरुष स्वास्थ्यकर्मी हुन्।

यो संगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया