कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

पछिल्लो तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिनुभयो । “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिदा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ ।” जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको तीन महिनामा यो नाका हुँदै आयात मात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा रु २६ अर्ब ५८ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार