 
						काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक र सांस्कृतिक रूपान्तरणमार्फत बृहत् पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच चलिरहेको पार्टी एकता प्रक्रियालाई यही बृहत् दृष्टिकोणबाट बुझिनुपर्ने बताए। उनका अनुसार एकीकरणले केवल दलगत मिलन होइन, समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनको दिशा दिन सक्नुपर्छ।
उनले एकता प्रक्रियामा हतार नगरी धैर्यपूर्वक अघि बढ्नुपर्नेमा जोड दिँदै विभाजन होइन, समष्टिगत एकताको भावना सुदृढ गर्न सबै पक्षको संलग्नता आवश्यक रहेको उल्लेख गरे। श्रेष्ठका अनुसार यस्तो एकता नै दीर्घकालीन र सार्थक परिणाम दिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया