कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

गाजामा आक्रमण गरेपछि इजरायलद्वारा युद्धविरामको “नयाँ अध्यायको“ घोषणा

आईडीएफले इजरायली सुरक्षा एजेन्सी (आइएसए) सँगको समन्वयमा कमान्ड समालिरहेका ३० जना हमास आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अवीव (इजरायल), १२ कात्तिक । इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको“ घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत इजरायल सेना (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राजनीतिक नेतृत्वको निर्देशनमा “आतंककारी साइटहरू“ र हमासका कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

मङ्गलबार इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेतान्याहूले सेनालाई “गाजा पट्टीमा तुरुन्तै बलपूर्वक आक्रमण गर्न“ निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आईडीएफले इजरायली सुरक्षा एजेन्सी (आइएसए) सँगको समन्वयमा कमान्ड समालिरहेका ३० जना हमास आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेकोसमेत बताएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले पुनः हवाई आक्रमण गरे पनि गाजा युद्धविराम कमजोर नहुने बताउनु भएको छ । (रासस/एएनआई)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार