कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

पाकिस्तानको दाबी : अफगानिस्तानसँगको शान्ति वार्ता असफल, सीमा हिंसापछि तनाव चर्कियो

पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौ पुरानो तनाव पुनः तीव्र बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामाबाद, कात्तिक १२ गते । पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्तिवार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौ पुरानो तनाव पुनः तीव्र बनाएको छ ।

पछिल्ला हप्तामा भएका सीमा झडप र बम विस्फोटपछि स्थायी युद्धविरामको आशामा गम्भीर धक्का पुगेको बताइएको छ । अक्टोबर ९ मा काबुलमा भएको विस्फोटमा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएपछि तालिबानले पाकिस्तानमाथि दोषारोपण गरेको थियो । त्यसपश्चात् बढ्दो हिंसालाई नियन्त्रण गर्न दुवै पक्षले कतार र टर्कीको मध्यस्थतामा इस्तानबुलमा चार दिने वार्ता गरेका थिए ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले एक्समा लेख्दै भन्नुभयो, “दुर्भाग्यवश, अफगान पक्षले कुनै ठोस आश्वासन दिएन । उनीहरूले मुख्य विषयबाट ध्यान हटाएर दोषारोपण र षडयन्त्रको बाटो रोजे ।” उहाँका अनुसार वार्ताले कुनै व्यावहारिक परिणाम ल्याउन सकेन । तरारले पाकिस्तानले शान्तिपूर्ण समाधानका लागि गम्भीर पहल गरेको तर काबुलले पाकिस्तानविरुद्ध सक्रिय आतङ्ककारी समूहलाई निरन्तर सहयोग गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “हामी आतङ्कवादको खतराबाट जनतालाई जोगाउन आवश्यक सबै उपाय जारी राख्नेछौँ ।” यसैबिच रक्षामन्त्री ख्वाजा आसिफले पनि चेतावनी दिंदै भन्नुभयो, “ पाकिस्तानमा पुनः कुनै आत्मघाती हमला वा आतङ्कवादी आक्रमण भयो भने त्यसको परिणाम कडाइका साथ भोग्नुपर्छ ।”

अफगानिस्तानतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले स्थानीय मिडियालाई भन्नुभएको छ, “हाम्रो जवाफ पाकिस्तानका लागि पाठ र अरूका लागि सन्देश हुनेछ ।” दुई देशबिचको सम्बन्ध पछिल्ला वर्षमा झन् तनावपूर्ण बनेको छ । पाकिस्तानले अफगान भूमिमा रहेका तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहलाई तालिबान सरकारले शरण र सहयोग दिएको आरोप लगाउँदै आएको छ ।

तालिबानले भने यी आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । पाकिस्तानी सुरक्षा स्रोतका अनुसार वार्ताको प्रारम्भमा अफगान प्रतिनिधिमण्डलले टिटिपीविरुद्ध कारबाही गर्न सहमति जनाए पनि पछि आफ्नो धारणा परिवर्तन गर्‍यो  । उक्त परिवर्तन काबुलको राजनीतिक निर्देशनपछि आएको दाबी गरिएको छ । अक्टोबर ९ को विस्फोट अफगान विदेशमन्त्री अमिर मुत्ताकीको भारत भ्रमणबिचमा भएको थियो ।

त्यसपछि तालिबानले सीमा आक्रमण गरेको र पाकिस्तानले जवाफी कारबाही गरेको थियो । कतार र टर्कीको पहलमा दोहामा भएको वार्तापछि १९ अक्टोबरमा अस्थायी युद्धविराम घोषणा गरिएको थियो, तर त्यसअघि भएको ४८ घण्टे प्रारम्भिक युद्धविराम समेत स्थायी बन्न सकेको थिएन । दुई देशबिचको सीमा दुई हप्ताभन्दा बढी समयदेखि बन्द छ ।

पाकिस्तानले केवल निष्कासित अफगान नागरिकलाई फर्किन अनुमति दिएको छ । अफगान सहर स्पिन बोल्डकमा फलफूल बोकेका ट्रक कुहिन थालेका छन् । चालक गुलले भन्नुभयो, “५०-६० ट्रक रोकिने अवस्थामा छन्, स्याउ र अनार सडिरहेका छन् । हामी सरकारसँग सीमा खोल्न आग्रह गर्छौ ।” संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) का अनुसार गत हप्तामा मात्र अफगानिस्तानमा कम्तीमा ५० नागरिक मारिएका र ४४७ जना घाइते भएका छन् ।

पाकिस्तानले पनि १२ अक्टोबरमा २३ सैनिकको मृत्यु र २९ जना घाइते भएको पुष्टि गरेको छ, तर नागरिक हताहतको विवरण सार्वजनिक गरेको छैन । यो असफल वार्ताले दक्षिण एसियाका दुई इस्लामिक राष्ट्रबिचको सम्बन्ध पुनः सङ्कटमा धकेलेको छ । त्यहाँ दशकौँदेखि चल्दै आएको अविश्वास र सीमा विवाद अझ गहिरो बन्दै गएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार