कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भोजपुर, १३ कात्तिकः यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।
स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् । विशेषत गरी यहाँ साउन महिनाबाहेक वर्षभरि हरेक सोमबार पञ्चबलि पूजा हुने गरेको स्थानीय राजकुमार राईले बताउनुभयो । “यो जिल्लाको प्रसिद्ध धार्मिकस्थल हो । देशका विभिन्न ठाउँबाट भक्तजन पञ्चबलि पूजा गर्न आउँछन्, तर यसको प्रचार–प्रसार हुन सकेको छैन । ओझेलमा छ”, उहाँले भन्नुभयो ।
मन्दिरका पुजारी कुलबहादुर नाछिरिङ राईका अनुसार सरकारी जागिर पाउने, विदेश जाने वा कुनै ठूलो काम सफल होस् भन्ने भाकलका साथ धेरैले यहाँ पूजा गर्ने गरेका छन् । सोमबारको दिन यहाँ भक्तजनको भीड लाग्ने गरेको बताउनुभयो ।
जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको सक्रियतामा संरक्षण गरिएको सत्यदेवी मन्दिर संरक्षण समितिले जनाएको छ । पुरातत्व विभागबाट रु सात लाख र प्रदेश सरकारबाट रु १० लाख विनियोजन भई मन्दिर संरक्षणसँगै धारा, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।
भक्तजनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यस देवस्थल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने  स्थानीयको माग छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार