कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

कपिलवस्तुमा बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते

पाँच जना घाइते यात्रुको सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तौलिहवा(कपिलवस्तु), कात्तिक १३ गते । जिल्लाको शिवराज नगरपालिका १ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुधबार  राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा भएको हो । बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको उहाँको भनाइ छ ।

दुर्घटनामा करिब ५०÷५५ वर्षका एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । उहाँलाई उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा ल्याइएको र चिकित्सकले बिहान करिब ३ बजे मृत घोषणा गरेका हो ।

बसमा सवार पाँच जना घाइते यात्रुको  सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ाइते हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ७ को ४३ वर्षीय जग्गुराम दगौरा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ६ का ४५ वर्षीय टेकेन्द्र खत्री,  कञ्चनपुर भिमदत्त नगरपालिका १० का २४ वर्षीय भरत नाथ, कञ्चनपुर लालघारी गाउँपालिका १ का ३६ वर्षीय भिम बहादुर चौधरी र कञ्चनपुर गुलरिया नगरपालिका ४ की  १४ वर्षीय रितु लोहार रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार