कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

कांग्रेस महामन्त्री शर्माले अघि सारे महाधिवेशनबारे चार विकल्प

बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन भएको महाधिवेशन गर्न उपयुक्त हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष महाधिवेशनबारे चार वटा विकल्प प्रस्ताव गरेका छन् । पार्टीभित्र नियमित या विशेष महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि बुधवार बिहान खड्कालाई शर्माले चार विकल्प प्रस्ताव गरेका हुन् ।

१. पहिलो विकल्प ः कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौँ ।

२. दोस्रो विकल्प ः विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको१७(२) बमोजिम ‘केन्द्रीय समितिले चाहेमा’ भनेर उल्लेखित दफा बमोजिम बोलाऊँ ।

३. तेस्रो विकल्पः विधानको १७(२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै विशेष महाधिवेशन गरौँ ।

४. चौथो विकल्प ः थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौँ । त्यसका लागि पुस १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ ।

पुस १६ गते जननायक बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन भएको महाधिवेशन गर्न उपयुक्त हुने उनको निष्कर्ष छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण
२०८२ कार्तिक १४, शुक्रबार
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
२०८२ कार्तिक १४, शुक्रबार