 
						चितवन। नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया