कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

शिविरमा ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन (बागलुङ), १४ कात्तिकः रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरमा ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्य परीक्षणका निम्ति शिविरमा ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिकासहित छिमेकी जिल्ला गुल्मी र रुकुमबाट पनि बिरामी आएका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार