 
						कार्तिक १४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुने आजको बैठकमा पनि पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । यसअघि हिजो बसेको बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्यहरूले आगामी निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेका थिए ।
आजको बैठक जेन-जी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा र गठन भएको अन्तरिम सरकारपछि देशमा उत्पन्न राजनीतिक परिस्थिति र त्यसमा कांग्रेसको भूमिका विषयमा समेत बैठक केन्द्रित रहेने जनाइएको छ ।
हिजोको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामातामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक।, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र लुम्बिनीका अमरसिंह पुनले आआफ्नो धारणा व्यक्त राखेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया