श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनको संख्या तीन सय पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको छ । सोमबार थप ११ जना संक्रमितहरुको मृत्यु भएसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टमा नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालाहरुमा ९ हजार २१८ जनामा पीसीआर परिक्षण गर्दा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको प्रवक्ता गौतमले मिडिया ब्रिफिङ्गमा जानकारि दिएका छन् । यस्तै थप १ हजार ७ सय ३६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३० हजार ६७७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६५ प्रतिशत हो । आज देशभर ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया