काठमाण्डाैंः पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २-० ले हरायो ।
युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया