असार २९, २०८२ आइतबार July 13, 2025

कोरोना बिरुद्धको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः तेस्रो चरणमा परिक्षण भइरहेको कोरोनाभाइरसविरुद्ध खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो धक्का लागेको छ । परिक्षणका क्रममा खोप लिएका एक व्यक्ति बिरामी भएपछि अक्सफोर्डले खोप परिक्षण रोकेको छ ।

अक्सफोर्डले औषधि कम्पनी एस्ट्राजेनेकासँग मिलेर उक्त खोपको विकास गरिरहेको छ। एस्ट्राजेनेकाले यसलाई ‘नियमित रोकावट’ भनेको छ। तर, परीक्षणमा सहभागी व्यक्तिको बिरामीबारे अझै केही पत्ता नलागेको जनाएको छ।

बीबीसीले आफ्ना मेडिकल सम्पादक फर्गस वाल्शलाई उधृत गर्दै अब विश्वभर चलिरहेको यो खोपको परीक्षण रोकेर स्वतन्त्र जाँच हुने जनाएको छ।

खोपको सुरक्षा मापदण्डको पनि समीक्षा हुनेछ। त्यसपछि नियामकहरुले परीक्षण पुनः सुरु गर्ने वा नगर्ने निर्णय गर्नेछन्। अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले भनेका छन्, “ठूलो मात्रामा हुने परीक्षणमा बिरामी हुने संभावना रहन्छ। यसको स्वतन्त्र समीक्षाका लागि पुनः परीक्षण हुन जरुरी छ।”

अक्सफोर्डले दोस्रोपटक खोप परीक्षण रोकेको हो। ठूलो परीक्षणमा यस्तो घटना धेरै सामान्य भएको बीबीसीले उल्लेख गरेको छ। जब परीक्षणमा सहभागी कोही बिरामी हुन्छ र अस्पताल भर्नापछि पनि बिरामीको कारण पत्ता लाग्दैन भने परीक्षण रोकिने समाचारमा उल्लेख छ। परीक्षण भइरहेका दर्जनौँ खोपमध्ये यो सबैभन्दा पहिला आउने विश्वास गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया