काठमाण्डाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुवै अध्यक्षबीच स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको बताईएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भेट्न अर्का अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड बिहान सवा एघार बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेका थिए । करिब अढाईघण्टासम्म भएको भेटवार्तामा भाद्र २६ गते शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले हरियालीलाई जानकारी दिए ।
दुवै अध्यक्षबीच नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा समेत छलफल भएको बताइएको छ । गत साउन १३ गतेदेखि स्थगित नेकपा स्थायी कमिटी बैठक अध्यक्षद्वयको सहमतिमा भदौ २६ गतेका लागि तय भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया