मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्दा चल्यो गोली, एक जना पक्राउ

गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

प्रहरीले खाँदबारी नगरपालिका१ बसपार्क क्षेत्रमा पक्राउ गर्न खोज्दा खाँदबारी६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले सादा पोसाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले उनको तिघ्रामा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।

विश्वकर्मा जबर्जस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए। छुटेपछि पनि उनीविरुद्ध ६७ वटा चोरीसम्बन्धी उजुरी परेपछि प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए। परिस्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मीले आत्मरक्षार्थ गोली प्रहार गर्नुपरेको डिएसपी मैनालीले जानकारी दिए।

गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार