श्रावण २३, २०८३ शनिबार August 8, 2026

१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी

अब क्रियाशील सदस्यबाटै स्थानीय तहको उम्मेदवार छान्ने व्यवस्था गरिने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको सम्मान तथा शुभकामनामा उहाँले पार्टीले असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो ।

महामन्त्री पौडेलले कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाटै स्थानीय तहको उम्मेदवार छान्ने व्यवस्था गरिने उल्लेख गर्नुभयो । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै बलियो बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कांग्रेस बागमती प्रदेशकी सहमहामन्त्री जीवन डङ्गोल, कांग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशकी सांसद एवं पूर्व प्रदेशमन्त्री हरिप्रभा खड्गी, क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारी, काठमाडौँ महानगरपालिका–२६ का सभापति अर्जुन सिंखडा, उपसभापति गणेश रिजाल लगायतले काँग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार