काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु साम्राट सेनालाई रोक लगाउन माग गरेका छन् । आज संसद बैठकमा बोल्दै उनले सेना भनेर खोलिने कुनै पनि संघ–संगठनलाई निषेध गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘हिन्दु सम्राट सेना–यो कस्तो सेना हो ? नेपाली सेनाको समानान्तर हो कि कस्तो हो ? यो सेनाका बारेमा सरकारले खोज गरोस । सेना नामका समूह जे जति छन् सबैलाई निषेध गरोस । अन्यथा अरु को कसले सेना बनाउन पाउने हो ? अरुलाई पनि सुविधा दिने हो कि ? होइन भने यो अनुमति कसैलाई हुँदैन ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया