श्रावण ३१, २०८३ आइतबार August 16, 2026

साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने

मोर्चा घोषणापछि आगामी रणनीति, संगठनात्मक संरचना तथा देशव्यापी कार्यक्रमहरू समेत सार्वजनिक गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १९ साउन । मुलुकमा देखिएको राजनीतिक अन्योलको निकास, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा अग्रगामी राजनीतिक एजेन्डालाई साझा रूपमा अघि बढाउने उद्देश्यसहित विभिन्न राजनीतिक दलहरूले आगामी श्रावण २३ गते काठमाडौंमा ‘अग्रगामी मोर्चा’को औपचारिक घोषणा गर्ने भएका छन्।

घोषणा कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका राजनीतिक दलहरूको सहभागिता रहने जनाइएको छ। आयोजकका अनुसार आवश्यकताअनुसार अन्य राजनीतिक शक्ति तथा समूहहरू पनि मोर्चामा आबद्ध हुन सक्नेछन्।

मोर्चाको औपचारिक घोषणा श्रावण २३ गते दिउँसो १:०० बजे काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा विशेष समारोहका बीच गरिने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा सहभागी दलका शीर्ष नेताहरूले संयुक्त रूपमा मोर्चाको घोषणा गर्दै यसको उद्देश्य, भावी कार्यदिशा तथा साझा राजनीतिक प्रतिबद्धताबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

आयोजक पक्षका अनुसार मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, पहिचान, संविधानको प्रभावकारी कार्यान्वयन तथा जनअधिकारको संरक्षणका विषयलाई केन्द्रमा राखेर साझा राजनीतिक अभियान सञ्चालन गर्ने लक्ष्यका साथ यो मोर्चा गठन गर्न लागिएको हो।

हालको राजनीतिक परिस्थितिमा समान विचार र एजेन्डा भएका शक्तिहरूलाई एकै ठाउँमा ल्याई राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्ने तथा आवश्यक पर्दा संयुक्त आन्दोलन र राजनीतिक पहल अघि बढाउने उद्देश्य पनि मोर्चाको रहेको बताइएको छ।

मोर्चा घोषणापछि आगामी रणनीति, संगठनात्मक संरचना तथा देशव्यापी कार्यक्रमहरू समेत सार्वजनिक गरिने आयोजकले जनाएको छ।न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार