असोज २, २०८३ शुक्रबार September 18, 2026

पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने

युवा पुस्तालाई लोकतन्त्रका लागि प्रतिबद्ध भएर अगाडि बढ्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री, नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिमा दुईपटक केन्द्रीय सदस्य, नवलपरासी जिल्लाका चारपटक सभापति रहिसक्नुभएका नेता कृष्णचन्द्र नेपालीले १५औं महाधिवेशनको संघारमा सक्रिय राजनीतिबाट विश्रामको घोषणा गर्नुभएको छ।

नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो कुरा जानकारी गराउनुभएको हो।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले सही गन्तव्य पत्ता लगाएर देशको नेतृत्व गर्न सक्ने कुरामा विश्वस्त रहेको उहाँले बताउनुभयो। उहाँले १५औं महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै युवा पुस्तालाई लोकतन्त्रका लागि प्रतिबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरिया राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असोज २, शुक्रबार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार