असोज ३, २०८३ शनिबार September 19, 2026

माथिल्लो त्रिशूली-१ को सुरुङबाट थप ११ शव फेला

घटनास्थलमा बाँकी रहेका अन्य सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, आश्विन ३ गते। रसुवास्थित भोटेकोसी नदीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकामध्ये थप ११ जनाको शव फेला परेको छ।उद्धार टोलीले कठिन प्रयासपछि आज दिउँसो १२.३० बजेसम्म ती शवलाई टनेलबाट बाहिर निकालेको छ।

आयोजनाका प्रतिनिधि तथा सुरक्षा निकायसहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा शनिबार अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शव फेला पारेको हो।

घटनास्थलमा बाँकी रहेका अन्य सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

शनिबार निकालिएको ११ सहित माथिल्लो त्रिशूली १ बाट २४ शव संकलन भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया