श्रावण २३, २०८३ शनिबार August 8, 2026

आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

मकरलाई आज प्रेम, सन्तान र सिर्जनात्मक क्षमतामा सकारात्मक उर्जा मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : पारिवारिक सुख, वाणीमा माधुर्य र आर्थकि लाभको योग बनिरहेको छ । आजको दिन वाणीमा संयमता राख्दा सम्बन्धहरू अझ सुदृढ बन्नेछन् । व्यापार वा सेवामा लाभदायक लेनदेनको सम्भावना छ ।

वृष : आत्मविश्वास, सौन्दर्यबोध र मानसिक स्थिरता विशेष रूपले प्रकट हुनेछ । भावनात्मक सन्तुलन कायम राख्न सकिनेछ । कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा संलग्न भइनेछ भने आजको दिन प्रेरणादायी बन्नेछ । पारिवारिक सम्बन्धमा माया र समझदारीको झल्को रहनेछ ।

मिथुन : खर्च, भ्रम र शारीरिक थकानको संकेत देखिन्छ । अनावश्यक यात्राबाट बच्नु उपयुक्त हुनेछ । ध्यान, योग वा एकान्त साधनामा समय बिताउनु लाभदायक हुने छ । निजी गोपनीयताको रक्षा गर्नु आजको पहिलो प्राथमिकता हुन सक्छ ।

कर्कट : इच्छाफल सिद्ध गर्ने दिन हो । पुराना योजनाहरूमा प्रगति हुने संकेत छन् । साथीभाइ वा सञ्जालबाट सहयोग पाइनेछ । आर्थिक लाभका सम्भावना प्रबल छन् । सामाजिक कार्य वा समूहमा नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ ।

सिंह : कार्यक्षेत्रमा सम्मान, सफलता र उत्तरदायित्व प्राप्तिको संकेत छ । आजको दिनमा लिएको निर्णयले दीर्घकालीन प्रभाव पार्न सक्छ । वरिष्ठ अधिकारी वा गुरुजनको कृपा प्राप्त हुन सक्छ । सार्वजनिक छविमा निखार आउने समय हो ।

कन्या : भाग्यबल जागृत हुनेछ । तपाईँका प्रयासले सफलता ल्याउनेछ । धर्म, दर्शन वा विदेशसम्बन्धी विषयमा प्रगति सम्भव छ । यात्राको योग बलियो देखिन्छ । कुनै सानोतिनो सहायताले पनि ठूलो कार्य सिद्ध हुनसक्ने समय हो ।

तुला : मानसिक तनाव, स्वास्थ्यप्रति चिन्ता वा गोप्य समस्याहरू ल्याउन सक्छ । जोखिमपूर्ण कार्यबाट टाढा रहनु श्रेयस्कर हुनेछ । ध्यान, मौन वा आत्मनिरीक्षणले आजको दिनलाई शान्त तुल्याउन सक्छ । धैर्य र स्थिरताले परिस्थिति सुधार्नेछ ।

वृश्चिक : वैवाहिक र साझेदारी सम्बन्धलाई उर्जा दिनेछ । प्रेम र विश्वासमा आधारित सम्बन्धहरू अझ प्रगाढ बन्नेछन् । वैवाहिक जीवनमा सहयोग, समझदारी र स्नेह बढ्ने सम्भावना छ । नयाँ व्यावसायिक सम्झौताका लागि पनि अनुकूल समय हो ।

धनु : कार्यक्षेत्रमा सक्रियता, अनुशासन र प्रतिस्पर्धामा विजय भइनेछ । कानुनी वा विवादित विषयहरूमा निष्पक्षता पाइनेछ । स्वास्थ्यमा सुधार, ऋण तिर्ने वा संकलन गर्ने प्रयास सफल बन्नेछ । प्रयास गर्दा लक्ष्यमा पुग्न सकिने समय हो ।

मकर : प्रेम, सन्तान र सिर्जनात्मक क्षमतामा सकारात्मक उर्जा मिल्नेछ । विद्यार्थीहरूका लागि समय अनुकूल छ । कुनै नयाँ रचनात्मक योजना थालनीको समय हो । प्रेम प्रस्ताव सफल बन्न सक्छ ।

कुम्भ : मानसिक असन्तुलन वा पारिवारिक चिन्ताको संकेत देखिन्छ । मातापिताको स्वास्थ्य वा स्थायी सम्पत्तिसम्बन्धी विषयमा संवेदनशीलता देखिन सक्छ । मानसिक शान्तिका लागि एकान्त वा साधनामा समय दिनु उत्तम हुनेछ ।

मीन : साहस, उत्साह र अभिव्यक्तिको सशक्त प्रभाव हुनेछ । छोटो यात्रा, भाइबहिनीको साथ, वा लेखन–प्रस्तुतीकरणमा सफलता मिल्नेछ । सञ्चारमार्फत अवसर प्राप्त हुने देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार
आफ्नै सांसदको आलोचनाप्रति बालेन असन्तुष्ट, ‘एक्लै लड्नुपर्ने अवस्था आयो’
२०८३ श्रावण २३, शनिबार
काँग्रेस इतरको राष्ट्रिय भेलाको तयारी गर्न ३२ समिति गठन
२०८३ श्रावण २३, शनिबार
ग्यासको कोटा बढाउन भारतसँग आग्रह
२०८३ श्रावण २३, शनिबार
देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २३, शनिबार