श्रावण ३१, २०८३ आइतबार August 16, 2026

आज कांग्रेसकाे सम्भावित बिभाजन राेक्न तेस्राे धारका युवाहरूकाे राष्ट्रिय भेला

तेस्रो धारका युवा नेतृत्व सक्रिय रहेकाे तेस्राे धारकाे नेताहरूले आज बिहान ११ः०० बजेवाट साे भेला  सुरू गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २० साउन । नेपाली कांग्रेसको सम्भावित बिभाजन रोक्नका लागि आज तेस्रो धारका युवाकाे सक्रियतामा बिशेष भेला हुदैँछ ।

शेरबहादुर देउवा पक्षधरले साउन २९-३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको र साउन २४ गते कांग्रेस संस्थापन पक्षले केन्द्रिय समितिकाे बैठक बाेलाइरहेकाे सन्दर्भमा सम्भावित पार्टी बिभाजन राेक्नका लागि सक्रिय तेस्राे धारका युवा नेतृत्वले आज बिशेष भेला गर्न लागेका हुन ।

नैनसिंह महर र रञ्जित कर्णलगायतको तेस्रो धारका युवा नेतृत्व सक्रिय रहेकाे तेस्राे धारकाे नेताहरूले आज बिहान ११ः०० बजेवाट साे भेला  सुरू गर्दैछन् । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा साे भेला बस्दैँछ । गत चार दिन अघि ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने जानकारी दिएकाे थियाे ।

पार्टी भित्रको भित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको नेता महरले जानकारी दिएका छन । पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नैनसिंह महरले बताए ।

यस्तो छ सो समुहको अपिलः

आदरणीय सञ्चारकर्मी मित्रहरू,

उपस्थित सम्पूर्ण महानुभावहरू,

यहाँहरूको गरिमामय उपस्थितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

आज हामी ,नेपाली कांग्रेसको मात्र होइन, लोकतान्त्रिक नेपालको भविष्यसँग जोडिएको एउटा गम्भीर विषय लिएर यहाँ उपस्थित भएका छौं।

लामो समय देखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ। आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ।

नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक–पटक प्रमाणित गरेको छ ,जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छस जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ। त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो।

दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अर्बौं मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ। आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको संकट र जनजीविकाका प्रश्न दिनप्रतिदिन गम्भीर बन्दै गएका छन्।

यस्ता राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेको छ। अर्कोतर्फ, जनताको आवाज बुलन्द गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ।

यही परिस्थितिलाई आत्मसात् गर्दै हामीले  “देश र कांग्रेस जोड्ने अभियान” सुरु गरेका छौं। हाम्रो विश्वास छुएकताबद्ध कांग्रेसले मात्र जनताको विश्वास पुनः जित्न सक्छुलोकतन्त्रको प्रभावकारी रक्षा गर्न सक्छ र देशलाई सही राजनीतिक दिशामा अघि बढाउन सक्छ।

यसै उद्देश्यका साथ आगामी २०८३ साल साउन २० गते बिहान ११०० बजे, मिराकल पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टी भित्रको आन्तरिक एकता थप मजबुत पार्न ूराष्ट्रिय एकता भेला आयोजना गरिएको छ।

यो अभियान कुनै व्यक्ति, कुनै गुट वा कुनै पदका लागि होइन। यो अभियान एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प हो। उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिनेछ।

हामी नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारमाध्यमहरूलाई यस ऐतिहासिक अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिताका लागि हार्दिक आह्वान गर्दछौं।
हाम्रो विश्वास स्पष्ट छसः
कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ।

लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ।

धन्यवाद।

जयनेपाल ।।

आयोजक
देश र कांग्रेस जोडने ,अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार