मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा एनपीएल क्रिकेट सफलताको शुभकामना

नेपाली क्रिकेटले विश्व समुदायमा देशको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु भएको ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै नेपाली क्रिकेटले विश्व समुदायमा देशको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन् । उनका अनुसार विदेशी मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले राष्ट्रको गौरव र प्रतिष्ठा निरन्तर बढाइरहेका छन् । क्रिकेटले विविध भाषा, धर्म र विचारले विभाजित नेपालीहरूलाई एकताबद्ध बनाउने माध्यमका रुपमा भूमिका निर्वाह गरेको बताए ।

यस वर्ष दोस्रो संस्करणका रुपमा सुरु भएको एनपीएलले विश्वभर छरिएका नेपाली समुदायको ध्यान मात्र तानेको नभइ विश्वका विभिन्न देशका खेलाडीहरूको सहभागिताले अन्तरराष्ट्रिय समुदायको चासो पनि बढाएको अध्यक्ष दाहालले बताएका छन् ।

अध्यक्ष दाहालले कीर्तिपुर स्टेडियम निर्माणका विभिन्न चरणमा योगदान दिने सरकारका नेतृत्व, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ, खेलाडी तथा क्रिकेटप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया