बैसाख १९, २०८३ शनिबार May 2, 2026

सभामुख घिमिरेसँग कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरूको भेटवार्ता

सभामुखसँगको भेटवार्तामा घिमिरेले देउवाको यही सन्देश सम्प्रेषण गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेस र नेकपा (एमाले) का निवर्तमान प्रमुख सचेतकहरु श्याम घिमिरे र महेश बर्तौलाले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको संयुक्त भेटमा समसामयिक विषयमा छलफल भएको बताईएको छ ।

एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पूनःस्थापनाको लागि सडक संघर्ष गर्ने र अदालतमा जाने घोषणा गरेको छ । कांग्रेसभित्र पनि केही नेताहरुले संसद् पूनःस्थापना गरिनुपर्ने मत राखेका छन् । योबीचमा दुई दलले हस्ताक्षरसमेत संकलन थालेका थिए । तर, कांग्रेसभित्र संसद् पूनःस्थापनाको पक्षमा शीर्ष नेताहरु खुलेका छैनन् ।

शेरबहादुर देउवा कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पिएर सिंगापुर उपचारमा गएका थिए । उनी कार्तिक २८ गते राति स्वदेश फर्किएका छन् । देउवाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको पक्षमा पार्टी उभिने संकेत गरेको उनीनिकट नेताहरुको दाबी छ । सभामुखसँगको आजको भेटवार्तामा घिमिरेले देउवाको यही सन्देश सम्प्रेषण गरेको बताईन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया