बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरुरी रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ वैशाख : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।

फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरुरी रहेको उहाँको धारणा छ । आज बालुवाटरस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको खेम शर्माको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले देश बाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्तिमात्रै नभई ज्ञान, अनुभव र राष्ट्रिय सम्भावनाको जनशक्ति पनि रहेको बताउनुभयो । यही सन्दर्भमा गैरआवासीय नेपाली सङ्घको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उहाँको धारणा छ । “सङ्घले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काममात्र गरेको छैन, नेपाली अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने सेतुको काम पनि गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

साथै अध्यक्ष दाहालले देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सीप क्षमतालाई स्वदेशमै उपयोग गर्न सङ्घले सशक्त भूमिका निर्वाह गर्ने विश्वससमेत व्यक्त गर्नुभयो । उहाँका अनुसार राष्ट्र निर्माणमा सरकारसँगै अरु सबैको साझा दायित्व हो । जसमा राज्य, समाज, नागरिक, बुद्धिजीवी, युवापुस्ता र प्रवासी नेपाली समुदायको भूमिका महत्त्वपूर्ण हुने उहाँले सुनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह
२०८३ बैसाख ११, शुक्रबार
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
२०८३ बैसाख ११, शुक्रबार
सर्लाहीको मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था सिल, सञ्चालक फरार
२०८३ बैसाख ११, शुक्रबार
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
२०८३ बैसाख ११, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
२०८३ बैसाख ११, शुक्रबार
लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
२०८३ बैसाख ११, शुक्रबार
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
२०८३ बैसाख ११, शुक्रबार