बैसाख २१, २०८३ सोमबार May 4, 2026

हुरीले मकैखेतीमा क्षति

हुरीका करिब १० देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा (सुनसरी), १९ वैशाख: बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ ।

जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताउनुभयो । विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले क्षति पु¥याएर समस्यामा पारेको उहाँको भनाइ छ ।

“मकैखेतीमा रु एक लाख ५० हजारसम्म खर्च भएको थियो । त्यसबाट रु चार लाखसम्म आम्दानी हुने आशा रहेकामा लगानीसमेत डुब्ने अवस्था आएको छ”, साहले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जिल्लामा गहुँखेती गर्दैै आएका धेरैजसो कृषक मकैखेतीतर्फ आकर्षित भइरहेकामा बेला बेला हुने यस्ता विपद्ले समस्यामा पार्ने गरेको बताउनुभयो । यस पटक हुरीका करिब १० देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान रहेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।

जिल्लामा २०८२/८३ मा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखती गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री डा. वाग्ले
२०८३ बैसाख २१, सोमबार
चट्याङ लागेर नैना बुढाको निधन
२०८३ बैसाख २१, सोमबार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
२०८३ बैसाख २१, सोमबार
आइपिएलमा १६४ रनको लक्ष्य पछ्याउँदै गुजरात टाइटन्स विजयी
२०८३ बैसाख २१, सोमबार
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
२०८३ बैसाख २१, सोमबार
भारतमा मतगणना : मोदीका लागि निर्णायक घडी
२०८३ बैसाख २१, सोमबार
वाग्मती प्रदेश सरकारले बलेफीमा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने
२०८३ बैसाख २१, सोमबार