कार्तिक २८, २०८३ शनिबार November 14, 2026

याङ्गुनमा धर्मदेशना तथा भिक्षादान कार्यक्रम

धर्मदेशना पश्चात् सात जना भिक्षुलाई भिक्षादान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १९ वैशाखः पच्चीस सय सत्तरिऔँ बुद्धजयन्तीका अवसरमा म्यान्माको याङ्गुनस्थित नेपाली दूतावासले शुक्रबार दूतावास परिसरमा धर्मदेशना (बौद्ध प्रवचन) तथा भिक्षादान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको प्रारम्भमा दीप प्रज्वलन गरिएको थियो भने दूतावास परिसरमा २५६८औँ बुद्धजयन्तीका अवसरमा स्थापना गरिएको भगवान् बुद्धको मूर्तिमा पुष्प अर्पण गरिएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै म्यान्माका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धका उपदेश र सिद्धान्तबारे चर्चा गर्नुभएको उक्त दूतावासले जनाएको छ ।

प्राचीनकालमा भगवान् बुद्धको म्यान्मासँगको ऐतिहासिक सम्बन्ध र याङ्गुनस्थित श्वेडागोन पगोडामा बुद्धका केश अवशेष सुरक्षित राखिएको प्रसङ्ग उल्लेख गर्दै नेपाल–म्यान्माबीच गहिरो धार्मिक सम्बन्ध रहेको राजदूत घिमिरेले बताउनुभयो ।

कार्यक्रममा ह्सुत्तोपन परियत्ति विहार, याङ्गुनका भिक्षु कुन्डला तथा अन्य भिक्षुहरूले बुद्धका जीवन, उपदेश र सिद्धान्तबारे धर्मदेशना गर्नुभएको थियो । धर्मदेशना पश्चात् सात जना भिक्षुलाई भिक्षादान गरिएको थियो ।

कार्यक्रममा युनियन अफ म्यान्मा ट्राभल एसोसिएसनका अध्यक्ष क्याउ बोह्ने नाइङ तथा पदाधिकारीहरू, बोधगया पिलग्रिमेज वर्किङ कमिटीका अध्यक्ष माउङ माउङ म्यिन्ट र सदस्य, अल म्यान्मा गोर्खा हिन्दु धार्मिक सङ्गठन, एनआरएनए म्यान्माका प्रतिनिधि, विभिन्न संस्थामा कार्यरत नेपाली नागरिक तथा नेपाली समुदायको सहभागिता थियो । कार्यक्रमपछि अतिथिहरूलाई नेपाली परिकारसहितको प्रसाद वितरण गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार