भाद्र २, २०८३ मंगलबार August 18, 2026

‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल

पर्वले प्रकृतिप्रतिको प्रेम एवं सम्मान, सामूहिकता र श्रमप्रतिको आदरलाई अझ सुदृढ बनाउने गरेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ भनी कामना गर्नुभएको छ ।

उहाँले आज उभौली पर्वका अवसरमा किरात समुदायलगायत सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै कामना गर्नुभएको हो । प्रकृतिसँगको सहअस्तित्व, ऋतु परिवर्तनको स्वागत तथा सामूहिक एकताको प्रतीकका रूपमा मनाइने उभौली पर्वले हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । उहाँले यस पर्वले प्रकृतिप्रतिको प्रेम एवं सम्मान, सामूहिकता र श्रमप्रतिको आदरलाई अझ सुदृढ बनाउने गरेको पनि बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “विविधता हाम्रो पहिचान र शक्ति हो । विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता मौलिक पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधारलाई अझ मजबुत बनाएका छन् ।”

उभौली पर्वमा प्राकृतिक प्रकोपबाट बच्न र अन्न बाली राम्रो होस् भनी पूजा गरी भूमि देवतालाई खुसी बनाउने चलन छ । प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर हाम्रो कृषिप्रधान देशका लागि थप प्रेरणादायी र सन्देशमूलक भएको अध्यक्ष दाहालको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार