काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पाएको ‘कार्यवाहक सभापति’को जिम्मेवारी इतिहासमा अभिलेखीकरण नहुने देखिएको छ ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाए पनि उनलाई कुनै लिखित पत्र नदिइएका कारण इतिहासमा अभिलेखीकरण नहुने देखिएको हो ।
गत २८ असोजमा सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैं उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । तर, लिखित कुनै पत्र दिइएन । यसअघि कार्यवाहक सभापतिको जिम्मेवारी पाउनेले लिखित रूपमै पत्र पाउँदै आएका छन् ।
कांग्रेस नेताहरूका अनुसार केन्द्रीय कार्यसमितिको बैठकले समेत खड्कालाई कार्यवाहक दिने निर्णयको माइन्युट नगरेको दाबी गरेका छन् । यस विषयमा खड्का स्वयं पनि खुलेर बोल्न चाहँदैनन् । केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए । त्यसक्रममा देउवाले बैठकलाई सम्बोधन गर्दै मौखिक रूपमा नै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता प्रकाशशरण महतले बताए । देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका थिए । कार्यवाहकको लिखित पत्र पाउनुभएको छ कि छैन ? भन्ने राजधानीको जिज्ञासामा कार्यवाहक खड्काले यति मात्र भने, ‘अहिले यस विषयमा नछिरौं ।’
जेनजी आन्दोलनमा घाइते सभापति देउवा त्यसपछि उपचारका लागि सिंगापुर गएका थिए । गत शुक्रबार राति देउवा उपचारपछि नेपाल फर्किएका छन् । ‘अहिले कार्यवाहक सभापतिको जिम्मेवारीमा पूर्णबहादुर खड्काजी नै हुनुहुन्छ, सभापति फर्किएको भए पनि पार्टीको दिनदिनै गर्नुपर्ने कार्य कार्यवाहक सभापतिले नै गर्ने हो, सभापतिलाई भेटेर पार्टीको जारी बैठकका ’boutमा हामीले जानकारी गराएका छौं, उहाँको स्वास्थ्य अवस्था पनि बुझ्न भेटेका हौं,’ प्रवक्ता महतले राजधानीसँग भने ।
अहिले नै तत्काल सभापति देउवा पार्टी काममा नफर्किने र केही समय आराम गर्ने बताइन्छ । त्यसैले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका खड्काले नै पार्टी कामलाई अगाडि बढाउनेछन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको कार्यवाहक सभापति खड्का नै रहेको बताए । ‘सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै हुनुहुन्छ, मैले बुझेको यति हो, अहिले कुनै परिवर्तन भएको छैन,’ पौडेलले भने ।
राजनीतिक भेटघाटमा सक्रिय हुँदै देउवा
कांग्रेस सभापति देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । सिंगापुरबाट उपचार गरी नेपाल फर्किएका देउवाले पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठक, १५औं महाधिवेशनसहित पछिल्लो राजनीतिक अवस्थाका ’boutमा नेताहरूसँग छलफल गरेका छन् ।
आइतबार र शनिबार देउवाले कांग्रेस नेताहरूसँग भेटघाट गर्दै पार्टीको बैठक, महाधिवेशनसहित पछिल्लो राजनीतिक अवस्थाका ’boutमा जानकारी लिएका छन् । जेनजी आन्दोलनका क्रममा निजी निवासमा तोडफोड र आगजनी भएपछि चुनदेवीस्थित भाडाको घरमा बस्दै आएका देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएर पार्टीको महाधिवेशन विवाद’bout छलफल गरेका हुन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।
करिब २ घण्टाभन्दा बढी समय भएको छलफलमा सभापति देउवाले पार्टी महाधिवेशन विवादका ’boutमा जानकारी लिएको प्रवक्ता महतले जनाएका छन् ।
‘उहाँ (देउवा)सँग भेटघाट भयो, स्वास्थ्य अवस्था कस्तो छ ? स्वास्थ्य अवस्था बुझ्यौं, उहाँले निर्वाचनको तयारी गर्नुपर्ने धारणा राख्नुभयो, पार्टीभित्रको विवाद तपाईंहरू नै मिलाउनुहोस् भन्ने कुरा उहाँले गर्नुभयो, उहाँको कुरा सुन्दा निर्वाचनपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो,’ प्रवक्ता महतले भने ।
कांग्रेसमा अहिले महाधिवेशन २१ फागुनको निर्वाचन पछि कि निर्वाचन अघि भन्ने विषयमा विवाद छ । संस्थापन पक्षका नेताहरू निर्वाचनपछि १५औं महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन इतरका नेताहरू निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । निर्वाचन अघि नै नियमित महाधिवेशन नगरे ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडान संस्थापन इतरका नेताहरूको छ ।
नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताले निर्वाचन अघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् । सोही कारण १ महिनादेखि जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले कुनै निर्णय गर्न सकेको छैन ।
कांग्रेसभित्र अर्को रोचक विषय भने निर्वाचन अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षकै २४ केन्द्रीय सदस्यले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने बैठकबाटै निर्णय गरेर कार्यवाहक सभापति खड्कालाई ज्ञापनपत्र नै बुझाएका छन् । सोही कारण सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यसँग समेत छुट्टै भेटघाट गर्ने तयारी गरेका छन् ।
महामन्त्री छाड्ने विश्वप्रकाशको घुर्की
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार कांग्रेस नचल्ने हो भने महामन्त्री पद परित्याग गर्ने चेतावनी दिएका छन् । सभापति देउवाले आइतबार भेटेका शर्माले पार्टी विधानअनुसार चल्नुपर्ने र नियमित महाधिवेशन समयमै गर्नुपर्ने अडान राखेका छन् ।
निर्वाचन अघि नै नियमित महाधिवेशन नगरे ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेअनुसार विशेष महाधिवेशन गर्नुपर्ने भन्दै उनले देउवासँग आक्रोश पोखेका छन् । महामन्त्री शर्माले सभापति देउवालाई महाधिवेशन’bout ध्यानकर्षण गराउँदै पार्टीलाई विधानअनुसार अघि बढाउनुको विकल्प नभएको बताए ।
महामन्त्री शर्माले देउवालाई केन्द्रीय समितिमा आएका विभिन्न एजेन्डा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम’bout सभापति देउवालाई जानकारी गराए । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया