मंग्सिर ३, २०८२ बुधबार November 19, 2025

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर १ गते ।  नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न आग्रह गर्नुभएको हो ।

प्रहरीले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेलस्थलको बाहिर भीड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।रासस

May be an image of text that says 'सुखवाण्म आज मिति ၃၀၀၃ मंसिर 9 गते कीर्तिपुर स्थित TU खेल मैदानमा हुने नेपाल प्रिमियर लिग (NPL) क्रिकेट प्रतियोगिताको आजको सम्पू्ण टिकटहरू Sold Out भइसकेको जानकारी प्राप्त भएकोले टिकट नमएका महानुभावहरू उक्त स्थान वरपर भिडभाड नगर्नहन, सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन तथा खेल सम्य मर्यादित तवरले हे्न हुन सम्पूर्णमा नेपाल प्रहरी अनुरोध गर्दछ।'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया