मंग्सिर ३, २०८२ बुधबार November 19, 2025

नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित पक्राउ

छुट्टै जग्गा दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रुपियाँ घुस मागिरहेको उजुरीका आधारमा समातिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार, नापी कार्यालय वीरगन्ज–पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्कीस्थित कार्यालयमा कार्यरत कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायले छुट्टै जग्गा दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रुपियाँ घुस मागिरहेको उजुरीका आधारमा टोली खटाइएको थियो।

अनुगमनका क्रममा दुबै जनालाई सेवाग्राहीबाट माग गरेको एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले आरोपित दुई जनामाथि आवश्यक थप अनुसन्धान जारी रहेको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया