मंग्सिर ३, २०८२ बुधबार November 19, 2025

कास्की कारागारबाट फरार कैदी बागलुङमा पक्राउ

६० वर्षीय कर्तव्य ज्यान मुद्दाका कैदी गुमानसिंह परियार प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठेखोला (बागलुङ), मङ्सिर ३ गते । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा कास्की कारागारमा गरिएको तोडफोडपछि फरार भएका कैदी बागलुङमा पक्राउ परेका छन् ।

कास्की कारागार, पोखराबाट फरार भएका बागलुङ जैमिनी नगरपालिका वडा नं. ८ ढकालवारी बस्ने ६० वर्षीय कर्तव्य ज्यान मुद्दाका कैदी गुमानसिंह परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

मङ्गलबार पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया