श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । आज थप ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३१७ पुगेको हो । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५०हजार ४६५ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ८ सय १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३५ हजार ७०० पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो । आज देशभर ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार
संकटालाई २–१ ले पराजित गर्दै मछिन्द्र तेस्रो स्थानमा
२०८२ श्रावण ९, शुक्रबार