मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त, सात दलको प्रस्ताव बहुमतले पारित

७८ सांसदको उपस्थिति रहेकोमा ७६ जनाले प्रस्तावको पक्षमा मत दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएकाे हो ।

सभामुख मण्डलले पदीय आचरण विपरित काम गरेको भन्दै नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जसपा नेपाल, लोसपा, जनमतलगायत सात दलले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि छलफल गर्न उपसभामुख बबिताकुमारी राउत ईशरले आज प्रदेश सभाको बैठक बोलाएकी थिइन् ।

बैठकमा ७८ सांसदको उपस्थिति रहेकोमा ७६ जनाले प्रस्तावको पक्षमा मत दिएका छन् ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले  होटलमा बोलाएर मुख्यमन्त्रीको शपथ खुवाएपछि किचलो शुरु भएकोमा सभामुख मण्डल पनि जोडिएका थिए । उनले विपक्षी दलका पाँच सांसदलाई हटाएपछि सात दलले अविश्वासको प्रस्ताव राखेका हुन् ।

मधेश प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताको मूख्य कारण मुख्यमन्त्री नियुक्ति प्रकरण नै बनेको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमा बोलाएर मुख्यमन्त्रीको शपथ गराएको घटना सार्वजनिक भएपछि प्रदेश राजनितिमा ठूलो तरंग आएको थियो।
यो प्रकरणलाई लिएर सत्ता–विपक्षबीच तीव्र आरोप–प्रत्यारोप चलेको थियो। त्यही विवादमा सभामुख मण्डललाई पनि जोडिएको, र उनले विपक्षी दलका पाँच सांसदलाई पदमुक्त गर्ने निर्णयमा भूमिका खेलेको आरोप सात दलले लगाए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया